राजनीति

सुदूरपश्चिम प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलको अवरोध पछि बैठक स्थगित गरिएको हो ।

प्रदेश सरकारले नीति योजना आयोग र सल्लाहकारमा आफ्ना कार्यकर्तालाई भर्ती गरेर सरकारलाई भार पारेको भन्दै विपक्षी दलले आपत्ति जनाएका हुन् ।

विपक्षी दलका तर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए ।

विपक्षी दलको आपत्ति र विरोध पछि सभामुख भीम भण्डारीले बैठक स्थगित भएको जानकारी गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *