
काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
बुधवार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले निर्माणको सिजनमा मूल्य वृद्धि गरिनु संयोग मात्रै नभई नियत खराबका साथ गरिएको देखिएको बताए । उनले तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको देखिएको बताए ।
उनले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गरे । उनले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने बताए । उनले व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला सिमेन्टको मूल्य वृद्धि स्विकार्न नसकिने बताए । उनले ३५८ रुपैयाँ र ४५८ बाट करिब साढे ७ सय र ८ सय पुगेको देखिएको बताए ।
उनले विद्युतको मूल्य बढ्दा,ढुवानीको मूल्य बढ्दा, श्रमको मूल्य बढ्दा र वस्तुको मूल्य बढ्दा मूल्य वृद्धि हुनसक्ने तर केहीको पनि मूल्य वृद्धि नभएको समयमा सिमेन्टको मूल्यवृद्धि गर्नु राम्रो नियतले नभएको बताए ।
उनले भने ‘हाम्रो नेपालमा अब ठेक्कापट्टा लाग्ने अलिकति निर्माणको काम सुरु हुने मौसम हो। अत्यधिक र सँगसँगै हामीले उत्पादन गरेको वस्तुले नेपालको थप अरु औद्योगिक वातावरणमा व्यावसायिक वातावरणमा कति मद्दत पुगेको छ । व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला पनि यही हो चिन्ताजनक कुरा हो यो स्विकार्न सकिने छैन के थियो उत्पादन र स्वदेशी बजारको सुरक्षा त्यसैले राज्यको भुमिका कहाँनेर हुन्छ भन्नेकुरा बुझ्नुपर्छ ।
उद्योगीहरूले नाफा लिने हो त्यो भन्दा माथि जाने कुरा चाहिँ राम्रो होइन भन्ने मलाई लाग्छ र अहिले जुन मूल्यवृद्धि भएको छ । त्यो मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै रु जसमा ३५८ रुपैयाँ र ४५८ बाट करिब साढे ७ सय र ८ सय पुग्ने भनेको देखिन्छ । त्यस्तै अब विद्युतको मूल्य बढेको छ कि ढुवानीको मूल्य बढेको छ कि श्रमको मूल्य बढ्या छ कि त्यसो हो भने वस्तुको मूल्य बढ्नसक्छ आजको हाम्रो जस्तो अर्थतन्त्रमा त्यो अ ठिकै कुरा हो भन्ने लाग्छ । त्यसो भएको हुनाले चाहिँ स्वाभाविक मान्न सकिँदैन र यसलाई तपाईँहरूले पुनर्विचार गर्नै पर्छ। उद्योग व्यवसाय साथीहरूले पुनर्विचार गर्नैपर्छ ।’
उनले नेपालको आफ्नै कच्चा पदार्थमा मूलतः नेपाली प्रविधि र जनशक्ति नेपालमा ठूलो पुँजी परिचालन गरेको बताए । उनले यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।