देश

विप्लवको रविलक्षित टिप्पणी : सहकारी सिद्धान्त विपरीत मोटो तलब खानु नै गलत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सामान्य जनताले सहकारीमा जम्मा गरेको रकमबाट ५/६ लाखको तलब खानु गलत भएको टिप्पणी गरेका छन् ।

नेकपाले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

सहकारी पीडितलाई रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख े गर्दै उनले पीडितलाई न्याय दिलाउन पार्टीको तर्फबाट पनि कार्यदल बनाइएको विप्लवले स्पष्ट पारे ।

‘सहकारी पीडितलाई न्याय दिलाउन हामी गम्भीर छौँ । त्यसका लागि कार्यदल बनाएका छौँ । सामान्य जनताले सहकारीमा जम्मा गरेको स–साना रकम एउटा मान्छेले ५र६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत छ’, उनले भने, ‘हामी सरकारले थालेको कारबाहीप्रति सकारात्मक छौँ । सहकारी ठगीमा मुछिएका जीवी राईलाई पनि तत्काल सरकारले झिकाओस् भन्ने हाम्रो आग्रह छ । नेपालमा नवउदारवादी अर्थतन्त्र र त्यससँग जोडिएको दलाल पुँजीवादले जरा गाडेको अवस्थाको अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र आवश्यक रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *