देश

कारभित्रै युवक मृत फेला, हत्याको आशंका

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्रै एक युवक मृत फेला परेका छन् । बागमती प्रदेशको ०१–०२८–च–७६१६ नम्बरको कारभित्र पहिचान खुल्न नसकेको युवक मृत भेटिएका हुन् ।

चालककै सिटमा भेटिएका ती युवकको टाउकोमा गम्भीर चोट लागेकाले हत्याको आशंका छ । बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले कारभित्र मृत भेटिएका युवकको पहिचान खुल्न नसकेको बताए । उनले घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *