देश

भूटानी नरेश स्वदेश फिर्ता

काठमाडौं । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्किएका छन् ।

उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन्।

आज बिहान काठमाडौं आएका भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *