मुख्य समाचार

बायु प्रदूषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना

नयाँदिल्ली। दिल्ली ट्राफिक पुलिस लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ । ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारीसाधनमाथि अहिले निकै कडाइ गरिरहेको छ ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार अक्टुबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा १ लाख ६४ हजार सवारीसाधनमा १६४ करोड भारतीय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ। यसबाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् । १३ हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा दिल्ली सीमाबाट फिर्ता गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *