देश

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति सभापति देउवाद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सभापति देउवाले स्वर्गीय ढुंगानाको निधनप्रति सामाजिक संजालमार्फत दुःख व्यक्त गरेका हुन् । नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उनको योगदान महत्वपूर्ण थियो । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु, सभापति देउवाले सामाजिक संजालमा लेखेका छन् ।

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको सोमबार अन्त्यष्ठी गरिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *