
काठमाडौं । कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीका अनुसार भर्खरै हेलिकप्टर घटनास्थलमा अवतरण भएको भएको छ ।
आइतबार दिउँसो भएको जीप दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको थियो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।