देश

आजदेखि सबै सरकारी कार्यालय संचालनमा

काठमाडौं । आजदेखि सबै सरकारी कार्यालयहरु खुलेको छन् । तिहारको बिदा भाइटीकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन् ।

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो ।

गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *