राजनीति

प्रधानमन्त्री ओलीद्वारा सत्तारुढ दलको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक डाकेका छन् ।

बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।सत्तारुढ दलहरूको बैठकमा १०० दिनको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा छलफल हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *