देश

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सर्वसम्मत अनुमोदन

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सर्वसम्मत अनुमोदन भएका छन्। बुधबार संसदीय सुनुवाइ समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो।

त्यसपछि समितिले राउतविरुद्ध उजुरी आह्वान गरेको थियो। उनीविविरुद्ध ६ वटा उजुरी परेको थियो। समितिले मंगलबार उजुरीकर्तासँग भिडिओ वार्ता गरेको थियो। लगत्तै बुधबारको बैठकमा राउतले आफ्नो कार्ययोजना समेत प्रस्तुत गरेका थिए। उनलाई आज प्रधानन्यायाधीशमा अनुमोदन गरिएको हो।

प्रधानन्यायाधीश श्रेष्ठ सर्वोच्चबाट बिदा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतबाट बिदा भएका छन्।

आफ्नो ६५ वर्षे उमेर हदका कारण असोज २० गते अनिवार्य अवकाशमा जाने भए पनि अदालतहरूमा घटनास्थापनादेखि नै बिदा हुने भएकाले श्रेष्ठले सेवाकालको अन्तिम दिन आज सर्वोच्च आलतमा बिताए। उनलाई सर्वोच्चका न्यायाधीश तथा कर्मचारीहरूले विशेष कार्यक्रम गरी बिदाइ गरेका थिए। गत वर्षको भदौ ४ गते प्रधानन्यायाधीशमा नियुक्त भएका उनले १३ महिनाभन्दा केही बढी न्यायपालिकाको नेतृत्व गरे। उनले ४२ वर्षभन्दा बढी समय न्याय सेवाम बिताए।

२०३८ चैत २७ गते कानुन मन्त्रालयको अस्थायी अधिकृतबाट सेवा प्रवेश गरेका उनी जिल्ला न्यायाधीश, तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएका हुन्। उनलाई अन्तिम ‘क्याडर जज’का रूपमा पनि हेरिएको छ। किनभने, उच्च र सर्वोच्च अदालतमा सिधै न्यायाधीश नियुक्त गर्दा नै भावी प्रधानन्यायाधीशको रोलक्रममा राख्ने होडबाजीका कारण जिल्ला न्यायाधीशबाट उच्च हुँदै सर्वोच्च नेतृत्वमा पुग्ने सम्भावना क्षीण हुँदै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *