देश

सुत्केरी बोकेको हेलिकोप्टर आकस्मिक अवतरण

रुकुमपश्चिम। रुकुमपश्चिमको आठबिसकोटमा सुत्केरी बोकेको एक हेलिकोप्टर आकस्मिक रुपमा अवतरण भएको छ।

डोल्पाबाट सुत्केरी बिरामी बोकेर उडेको नाइन ए ०६६ नम्बरको हेलिकोप्टर खराब मौसमको कारण आठबिसकोट नगरपालिका ९ राडिको रंगशालामा अवतरण भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाकी पदमी कुमारी बुढालाई हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेततर्फ लानेक्रममा आठबिसकोटमा आकस्मिक अवतरण गरिएको हो। सुत्केरी पश्चात साल ननिस्केको र रक्तश्राव बढी भएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत लगिँदै थियो।

अहिले आठबिसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले हेलिकोप्टर अवतरण गरिएकै स्थलमा पुगेर सुत्केरीको स्वास्थ्य उपचार गरिरहेको बताइएको छ।

यस अघि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर पनि सोहि स्थानमा आकस्मिक अवतरण भएको हो। अहिले उक्त स्थानमा दुई वटा हेलिकोप्टर अवतरण भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *