राजनीति

बलबहादुर केसिलाई पार्टीको सभापति बनाउन विजयकुमार गच्छेदारको प्रस्ताव

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा आज पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्ने क्रम जारी छ । बैठकमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री विजयकुमार गच्छेदारले सभापति देउवासँग भावी नेतृत्वको बारेमा खुलेरै कुरा राखेका छन् ।

नेता गच्छेदारले सभापति देउवातर्फ फर्कँदै भने,‘ तपाईँ नेपाली काँग्रेसको सभापति र पटक पटक प्रधानमन्त्री भइसकेकाले तपाइँले अब हामिलाई भावी नेत‌त्व कसलाई दिने भनेर प्रश्न गर्नुपर्छ ।

नेता गच्छेदारले आफू पनि सभापतिका लागि उत्तिकै योग्य भएको तर देउवाले चाहेको व्यक्ति जसलाई सभापति बनाउन पनि आफू तयार रहेको धारणा राखे । नेता गच्छेदारले भने,‘तपाइँजस्तै अझ तपाइँभन्दा बढी नेविसंघदेखि नै लडेर आउनुभएका बलबहादुर केसीलाई अबको सभापति बनाऔँ, म तयार छु । तर तपाइँले भन्नुपर्‍यो।

पटक पटक बलबहादुर केसीलाई सभापतिमा अघि सारौँ भनेपछि अरु नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधी, प्रकाशमान सिंह जसलाई देउवाले चाहानुहुन्छ उसैलाई सभापति स्वीकार्न पनि आफू तयार रहेको धारणा नेता गच्छेदारले राखेका थिए । गच्छेदारले बोल्नुअघि नेताहरु सिटौाला र केसीले बोलेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *