देश

पराष्ट्रमन्त्री आरजु र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं । पराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

आरजुले सोमबार भारतीय समकक्षीसँग भेटवार्ता गरेकी हुन् ।

भारतको ५ दिने भ्रमणमा रहेकी उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने कार्यसूची छ ।

त्यस क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश मोदीलाई सुनाउने बताइएको छ ।

असार ३१ गते नयाँ सरकार बनेपछि परराष्ट्र मन्त्रीको यो पहिलो भारत भ्रमण हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *