देश

खुकुरी प्रहार गर्ने वडाध्यक्ष वलीसहित ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले घटनाबारे सोधपुछ गर्न वडाध्यक्ष वलीसहित अन्य ४ जनालाई नियन्त्रणमा लिएको हो ।

खुकुरी प्रहारबाट घाइते भएकाहरूलाई उपचारका लागि भारतको लखनउ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वडाध्यक्ष वलीसहितका युवाहरूले राती दुई युवालाई खुकुरी प्रहार गरेका थिए। २०७९ को स्थानीय निर्वाचनमा २ हजार ९७ मतसहित एमालेबाट निर्वाचित भएका वडाध्यक्ष भएका वलीले विगतमा पनि नकरात्मक काम गरेको प्रहरीले जनाएको छ । अहिले वलीमाथि अनुसन्धान जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *