विश्व

कमला ह्यारिसलाई हराउन बाइडनलाई भन्दा सहज हुने ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले डेमोक्र्याट कमला ह्यार्रिसलाई हराउन रास्ट्रपति जो बाइडनलाई हराउनु भन्दा सहज हुने दोहोर्याएका छन् ।

केहि सर्वेक्षणहरुले नभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याट ह्यार्रिस अगाडी रहेको देखाएपनि रिपब्लिकन उम्मेदवार ट्रम्पले भने ह्यार्रिसलाई हराउन रास्ट्रपति जो बाइडनलाई हराउनु भन्दा सहज हुने दोहोर्याएका हुन् ।

अमेरिकी रास्ट्रपति चुनावमा महत्वपूर्ण बन्दै गएको राज्य पेन्सिलभेनियाको उत्तरपूर्वी सहर विल्क्स ब्यार्रीमा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले कमला ह्यार्रिस एक र्याडीकल अर्थात् पूर्ण राजनीतिक र सामाजिक परिवर्तन चाहने पागल राजनीतिज्ञ रहेको बताएका छन्।

ट्रम्पले ह्यार्रिस धेरै विषय र नीतिहरुमा निकै गलत रहेको बताएका छन्। ट्रम्पका अनुसार ह्यार्रिसले फ्रयाकिङ्ग उद्योगमाथि प्रतिबन्ध लगाउनेबारे राखेको धारणा निकै गलत र अमेरिकी हित विपरित रहेको जनाएका हुन्।

फ्रयाकिङ्ग अथवा हाइड्रलिक फ्रयाक्चरिङ्ग भनेको तेल र ग्यास निकाल्ने एक प्रविधि हो जुन पेन्सिलभेनिया राज्यमा निकै महत्वका साथ हेरिन्छ। ह्यार्रिसको चुनावी अभियानले भने उनले त्यस्तो प्रतिबन्धको समर्थन नगर्ने सङ्केत गरेको छ। ट्रम्पले ह्यार्रिसमाथि केहि व्यक्तिगत आरोप समेत लगाएका छन् हुन् राजनीतिक विश्लेषकहरुले ट्रम्पकैविरुद्ध जान सक्ने बताएका छन् ।

डेमोक्र्याटिक राष्ट्रिय सम्मेलन सोमबार शिकागोमा सुरु हुनु अघि ह्यार्रिसले भने पेन्सिलभेनिया राज्यको पूर्वी सहर पिट्सबर्गबाट आफ्नो चुनावी यात्रा प्रारम्भ गरेकी छन्। ट्रम्पले उनि ह्यार्रिस भन्दा निकै आकर्षक देखिने समेत दाबि गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *