काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा विभिन्न ११ वटा एजेण्डामाथि छलफल जारी छ ।
बैठकका लागि तय भएको एजेण्डामा महासमिति बैठकबाट पारित प्रस्ताबका सम्बन्धमा छलफल गरेर आवश्यक निर्णय गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान (भदौ १५–मंसिर २५) सम्बन्धमा, अनुशासनको कारवाहीका लागि भएका सिफारिस सम्बन्धमा पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ति सम्बन्धमा छलफल गर्नेगरी एजेण्डा बनाइएको उनको भनाइ छ ।
भ्रातृ संघ तथा सुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण (नयाँ र नविकरण) प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संसोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ८१’ सम्बन्धमा र समसामयिक राजनीति र अन्य विविध विषयमा छलफल गर्नेगरी एजेण्डा बनाइएको कांग्रेसले जनाएको छ ।




