जलश्रोत/उर्जा

प्राधिकरणको नयाँ सञ्चालकमा गुरुङ र कार्की

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त गरेसँगै प्राधिकरणको नयाँ संचालकमा दुई जनालाई नियुक्ती गरेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन विपरीत अघि बढ्न खोज्ने आचार्य र पुनलाई पदमुक्त गर्दै आइतबार नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको नयाँ संचालकमा नियुक्त गरेको हो।

मन्त्रालयले उक्त विवादमा पुन र आचार्यलाई स्पष्टीकरण सोधेको र उचित जवाफ नआएपछि उनीहरुलाई हटाएर प्राधिकरणको सञ्चालकमा गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्ती दिएको हो । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशनको उल्लङघन गर्दै अघि बढ्न खोजेपछि उनीहरुलेलाई साउन १८ गते उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले दुबैजनालाई पदमुक्त गर्ने निर्णय गरेका थिए । सरकारले साउन १६मा दुबैजनालाई स्पष्टीकरण सोधेको थियो । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका कपिल आचार्य र भक्तबहादुर पुन अब जिम्मेवारीविहीन भएका छन् ।

७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेपछि उक्त निर्णयमा सञ्चालक पुन र आचार्यले फरक मत (नोट अफ डिसेन्ट) लेखेका थिए ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना नगरेपछि अहिले उनीहरुलाई सरकारले पदमुक्त गरेर सरकारले प्राधिकरणको नयाँ सञ्चालकमा गुरुङ र कार्की नियुक्ती गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *