काठमाडौं । सरकारले सहकारी पीडितको समस्या समाधानमा ध्यान नदिएको भन्दै पुःन सहकारी पीडित काठमाडौँमा प्रदर्शनमा उत्रिएका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरेर कार्यान्वयनमा ल्याउन नसकेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले प्रदर्शनको नेतृत्व गरेको छ । बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरुले रिले अनशन गरेका थिए । रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको भन्दै पीडितहरु असन्तुष्ट बनेका ह्ुन् ।
महासंघले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गर्ने र हस्ताक्षर अभियान पनि चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सहकारी पीडितहरु मुखमा टेप लगाएर प्रदर्शनमा उत्रिएका हुन् । दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायतका विभिन्न नाराहरुसहितका प्ले कार्ड उनीहरुले बोकेका छन् ।




