
सिन्धुपाल्चोक । तातोपानी नाकाबाट रातीको समयमा भन्सार छलेर सामान ल्याउने क्रम बढेको छ । यस क्रममा गएराती एउटा बलेरो बाह्रबिसे तातोपानी सडक खण्डको डाक्लाङ भन्ने ठाउँमा दुर्घटनामा परेको छ ।
बा २० च ६२०९ नम्बरको बलेरो दुर्घटनामा परेको हो । उक्त बलेरोमा भन्सार छलेर ल्याइएका ५ कार्टुन रक्सी र १०० जोर जुत्ता रहेको भेटिएको छ । तातोपानी नाकामा तैनाथ जनपथ प्रहरी र स–स्रस्त्र प्रहरीको मिलेमतोमा भन्सार छलेर सामानहरू राजधानी भित्रिने गरेको पाइएको छ ।
बिहीबार राती दुर्घटनामा परेको बलेरो सँग पनि इलाका प्रहरी कार्यालय तातोपानीका प्रहरी निरीक्षक संजिता श्रेष्ठले केही रुपैयाँ बुझेर उक्त सामान छोडेको तातोपानीका एक स्थानीयले संकल्पखबर लाई बताएका छन् । ती स्थानीयका अनुसार बिहान बेलुकाको छाक टार्नका लागी एक दुई पोका सामान ल्याउने झोले ब्यपारीलाई दुःख दिने प्रहरीले रातीको समयमा भन्सार छलेर लौखाका सामान राजधानी भित्रिँदा समेत थाहा नपाएको जसरी बस्ने गरेको छ , प्रहरी मात्र हैन तातोपानी नाकाबाट भन्सार छलेर रातीको समयमा सामान ओसार पसार गर्न भन्सार कार्यालय तातोपानीका कर्मचारी समेतको संलग्नता रहेको स्थानीयहरूको दाबी छ ।
भन्सारका कर्मचारी नै राजश्व छलीमा लागेपछि सरकारले कसरी राजस्व सङ्कलनमा वृद्धि गर्न सक्छ एक व्यापारीले संकल्पखबर सँग प्रति प्रश्न गरेका छन् ।