मुख्य समाचार

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही।राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवाचन्द्र बोहराले जानकारी दिए।

बोहराका अनुसार उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *