मुख्य समाचार

मुकुल ढकालले सार्वजनिक गरे समीक्षा प्रतिवेदन, हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल (हाल निलम्बित)ले तयार पारेको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक गरिएको छ ।

बुधबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार सार्वजनिक गरेका हुन् । प्रतिवेदन ३२ पृष्ठ लामो छ ।

बुधबारको बैठकमा डा। ढकालले उक्त प्रतिवेदन प्रस्तुत गर्न खोजेका थिए । तर, सभापति रवि लामिछानेले प्रतिवेदन प्रस्तुत गर्न उनलाई रोक लगाएका थिए ।

त्यसपछि उनी मुखमा मास्कमाथि कालो टेप टाँसेर बैठकमा बसेका थिए । डा। ढकालको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *