मुख्य समाचार

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जवाफी बहस

काठमाडौं। गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। रिटमा जवाफी बहस मात्र हुनेछ।

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो। अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ।

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयलेउजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो। कास्कीमा सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए।

कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता ‘हेर्दाहेर्दै’मा राखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *