देश

सरकार र रुवी खानबीच ५ बुँदे सहमति, तोडियो आमरण अनशन

काठमाडौं । सरकार र अनशनरत रुवी खानबीच पाँच बुँदे सहमति भएको छ । सहमति भएसँगै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जुस खुवाएका थिए । सहमतिसँगै खानले अनशन तोडेकी छन् ।

सहमतिमा निर्मला कुर्मीको जाहेरीबारे प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने, सुमदरानी थारुको घटनामा भइरहेको काम कारबाहीमा शीघ्रता ल्याउनेलगायत उल्लेख छ ।

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता समितिका संयोजक उपसचिव एकदेव अधिकारी, प्रहरी उपरीक्षक निरजन्जदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपानले हस्ताक्षर गरेका छन् भने आन्दोलनरतका तर्फबाट रुवी खानलगायतको हस्ताक्षर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *