देश

सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा, को कहाँ ?

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १८ सशस्त्र प्रहरी उपरीक्षक र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमाण्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमाण्ड पूर्वानुमान सूचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो । २ वर्ष अवधि पुरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका नायव उपरीक्षकहरूको एकै पटक सरुवा गरिएको हो । सरुवा गरिएक मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् ।

पूर्वानुमान सूची अनुसार कमान्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई समेटी आगामी कमण्न्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको छ । सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करिब १० महिना अघिदेखि नै ज्येष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *