देश

कर्मचारी सरुवा अनिश्चित कालका लागि स्थगित

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरूको सरुवा स्थगित गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव स्तरीय निर्णयबाट अनिश्चित कालका लागि कर्मचारीहरूको सरुवा स्थगित गरेको सूचना जारी गरिएको छ।गत बिहीबार भएको निर्णय आइतबार मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो।

‘नेपाल सरकार, सचिव बैठकको मिति २०८१ असार ६ गतेको निर्णयानुसार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको ब्यहोरा २०८१ असार ७ गतेको निर्णयानुशार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *