
काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादको बाटोमा अघि नबढे एमाले नटिक्ने टिप्पणी गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको बताए ।
उनले भने, ‘समाजवादी कार्यक्रम अब हामी महाधिवेशनमार्फत् कार्यपद्धति ल्याउँछौं । एमालेले अहिले पनि जबज भनिरहेको छ । तर, अरु पार्टीले समाजवादी कुरा गरिरहेका छन् । एमालेले पनि कुनै समयबाट समाजवादको कुरा गर्नुको विकल्प छैन । समाजवादको कुरा गर्दैन भने एमाले टिक्दैन । त्यो कुरा एमालेले बुझे हुन्छ ।’ उनले पूँजीवादी व्यवस्थाको कारणले जनतालाई ठिक ढंगले अघि बढाउन नसकेको उनको भनाइ छ ।