देश

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गर्न लागिएको हो ।

अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको पौडेलमाथि आरोप लागेको छ । अख्तियार अनुसन्धान आयोगका अनुसार ‘विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भइसकेको र आजै विशेष अदालतमा मुद्दा दायर हुनेछ ।

पौडेलविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान जारी राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *