काठमाडौं । नेपाली कांग्रेसले आज शनिवार इलाममा आयोजित चुनावी सभा सम्पन्न गरेको छ ।
इलाम–२ मा काँग्रेस उम्मेदवार डम्बर खड्कालाई मत माग्दै कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू इलाम पुगेका थिए ।
कांग्रेस इलाम जिल्ला कमिटीले इलाम बजारमा आयोजना गरेका चुनावी सभामा कार्यकर्ताहरू र्याली सहित इलाम बजार परिकर्मा गरेका थिए ।