विश्व

ताइवान भूकम्प अपडेट : कम्तीमा चारको मृत्यु, ९७ व्यक्ति घाइते

काठमाडौँ । ताइवानको पूर्वी तटमा बुधबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण भएको क्षतिको विवरण आउन सुरु भएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार भूकम्पमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् । ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा थियो । यसपछि पनि परकम्प गइरहेको जनाइएको छ । भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *