मस्को । रुसी अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ । मस्कोले युक्रेनको योजनामा भएको सो आक्रमणमा प्रख्यात अति राष्ट्रवादी ब्लगरको हत्या अभियोगमा रुसी अदालतले युद्धविरोधी कार्यकर्ता दर्या ट्रेपोभालाई २७ वर्षको जेल सजाय सुनाएको हो ।
गत वर्ष अप्रिलमा भ्लाडलेन टाटारस्कीलाई सेन्ट पिटर्सबर्गको एक क्याफेमा मारिएको थिए, जब ट्रेपोभाले उनलाई विष्फोटकले भरिएको सानो मूर्ति उपहार दिएकी थिइन् । उपहार ग्रहण गर्ने क्रममा भएको बिष्फोटामा परी टाटारस्कीको घटनास्थलमै मृत्यु भएको थियो । जुन मुद्दामा सेन्ट पिटर्सबर्गको अदालतले बिहीबार ट्रेपोभालाई आतंकवाद अभियोगमा दोषी ठहर गरेको हो ।
२६ वर्षीया युवतीले आफूले जानीबुझी टाटारस्कीलाई नमारेको जनाएकी छिन । तर, आफूले दिएको वस्तु गोप्य सुन्ने यन्त्र हो भनेर विश्वास नगरेको अदालतमा बताएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । यस हप्ताको सुरुमा उनले अदालतलाई बताइन् कि उनले सो कार्य युक्रेनका एक व्यक्तिको आदेशमा गरिरहेकी थिइन्, उनलाई धेरै महिनादेखि ती ब्यक्तिले पैसा र निर्देशनहरू पठाउने गरेका थिए ।
‘मलाई ठूलो पीडा र लाज लागेको छ कि मेरो मुर्खता र मेरो सानो गल्तीले त्यस्ता विनाशकारी परिणामहरू निम्त्यायो । म कसैलाई चोट पुर्याउन चाहन्न, चाहँदैनथे तर दुर्भाग्यपुर्ण रुपमा सो घटना घटयो,’ ट्रेपोभाले अदालत समक्ष भनेकी थिइन् ।
उनले अगाडि भनिन, ‘युक्रेनीहरूसँग सहकार्य गर्ने उनको निर्णय युक्रेनमा रूसको सैन्य आक्रमणको विरोधबाट प्रेरित भएको थियो,’ उनले अदालतमा भनेकी छिन । तर, युक्रेनी योजनामा आफू चल्दा धेरै क्षति हुन्छ भन्ने कल्पना समेत नगरेको उनको जिकिर अदालतमा पेश भएको छ । सेन्ट पिटर्सबर्ग क्याफेमा भएको उक्त विस्फोटमा अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए ।
ट्रेमोभाले अदालतलाई बताइन् कि उनले युक्रेनमा आफ्नो ह्यान्डलरलाई मूर्ति बम हो कि ? भनेर स्पष्ट रूपमा सोधेकी थिइन् । तर, उनले होइन भन्ने जवाफ दिएपछि उनले सो मूर्ति उपहारको रुपमा प्रदान गरेको जनाएकी छिन । मृतक भ्लादेन टाटरस्की राष्ट्रपति पुटिनका कट्टर समर्थक थिए ।




