काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्तालाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले कैद सजाय तोकेको हो ।
अर्का आरोपित नगेन्द्रप्रसाद चौधरीलाई चार वर्ष कैद सजाय सुनाइएको छ । मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवैजनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात् ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश पनि गरेको छ ।
दोषी ठहर भएका आरोपितमध्ये नासु गुप्तामाथि सातवटा भ्रष्टाचार मुद्दा लागेको थियो । नौ वर्षअघि राजस्व हिनामिनाको घटनामा अख्तियारले उनीमाथि ९५ लाख आठ हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो ।




