विश्व

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २४ हजार ७६२ पुग्यो

काठमाडौं । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन् । जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, २०२३ बाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् ।

वेस्ट बैंकमा, इजरायली सेनाले बिहीवार रातिदेखि हालसम्म ८ जनाको हत्या गरेको बताइएको छ । अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनीहरू मारिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *