विश्व

इरानविरुद्ध पाकिस्तानको जवाफी आक्रमण

काठमाडौँ । पाकिस्तानले इरानविरुद्ध जवाफी कारवाही गरेको छ । पाकिस्तानले गएराती इरानको सरावन क्षेत्रमा रहेको पृथकतावादी संगठनका ७ वटा अड्डामा आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पाकिस्तानको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानको सरावन क्षेत्रमा रहेको पृथकतावादी संगठनका अड्डामा आक्रमण गरेको स्पष्ट गरको छ । पाकिस्तानले इरानको सीमामा ४०-५० किलोमिटर भित्र पसेर आक्रमण गरेको हो ।

मंगलबार राति पाकिस्तानको बलुचिस्तानमा इरानले मिसाइल र ड्रोन हमला गरेपछि दुई देशबीचको द्वन्द्व चर्किएको थियो ।

इरानको आक्रमणपछि पाकिस्तानले बुधबार तेहरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने इरानका राजदूतलाई देश छोड्न आदेश दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *