विश्व

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

साओ पाउलो, ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

बाढीका कारण सयौं मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ ।

सहरका मेयर एडुआर्डो पेसले आपतकालीन स्रोत साधन र बाढीबाट प्रभावित मानिसहरूको हेरचाहका लागि संकटकालीन अवस्थाको घोषणा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *