मुख्य समाचार

गठबन्धनले बनायो लेखकको संयोजकत्वमा राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति

काठमाडौँ । सत्ता गठबन्धनले कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति गठन गरेको छ ।

केन्द्रीय समन्वय समितिमा माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र जसपाका मनिष सुमन सदस्य रहेका छन् ।

समितिले सात वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० र सतहत्तर वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति–२०८० गठन गर्ने निर्णय गरेको छ ।

माघ ११ हुने राष्ट्रिय सभाका १९ सिटको निर्वाचनका लागि सत्ता गठबन्धनका चार दलले गठबन्धन गरेका छन् । जसमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *