विश्व

कोठमामा निसास्सिएर भारतमा पाँच बालबालिकाको मृत्यु

अमरोहा । भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्लाको एउटा गाउँमा गए राति निसास्सिएर उनीहरूको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

मृत्यु हुनेमा दुई बालक र तीन बालिका रहेका छन् । समाचारमा जनाइएअनुसार कोठामा कोइला बालिएको थियो । एउटै कोठामा सात जना सुतिरहेका थिए । कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको अनुमान छ । दुई जनालाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *