काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै ठगी गर्ने व्यक्तीलाई एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम म्याङलुङ न.पा. वडा नं. २ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं.८ गौशाला बस्ने सुवर्ण सिंह तुम्बाहाङफको श्रीमती ४३ वर्षीय की जुनु तुम्बाहाङफे रहेकी छिन् ।
उनले वैदेशिक रोजगारीमा रस्मिता भुलोनलाई कुवेत पठाईदिने आवश्वासन देखाएर पटकपटक गरी दुई लाख रुपैँया लिएर सम्पर्कविहीन भएपछि अनुसन्धानका लागि खटिएको प्रहरीको टोलीले अनुुसन्धानका क्रममा पौष १६ गते काठमाडौँ महानगरपालिका वडा नं. ८ गौशालबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । पक्राउ परेकी तुम्बाहाङफेले रस्मिता भुलोनलाई कुवेत जानका लागि प्र्रतिmव्यक्ती छ लाख ५० हजार लाग्ने र कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम गरेवापत एक लाख तलब हुने झुट्टो आश्वासन दिएकी थिइन् ।
यस्तै ललितपुर कोन्जोसोम गाउँपािलका वडा नं. १ बस्ने प्रेम बहादुर लामाको छोरा एसईई सुरु तालिमक केन्द्रको संचालक ४७ वर्षका लाल बहादुर लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी प्रतिव्यक्ती पाँच लाखदेखि १५ लिएर वैदेशिक रोजगारीमा सम्बन्धित मुुलुक पठाउन नसकेको दश करोडभन्दा धेरै रकम असुलेको आरोपमा पौष १६ गते अनुसन्धानमा खटिएको प्रहरीको टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।
उनले काठमाण्डौ महाराजगंजमा एसईईइ सुरु तालिमक केन्द्र खोलेका थिए । उनले वैदेशिक रोजगारीमा पठाउने गरेका विभिन्न देश जाने क्रममा युवाहरुले सिंगारपुर विमानस्थल पुगेर नेपाल फर्कनुपरेपछि आँफूहरु ठगीएको थाहा पाएका थिए । आँफूहरु विदेश जाने बहानामा ठगिएको थाहा पाएपछि उक्त विषयमा पिडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । उक्त रकम ठगी गर्ने लामा भने मोटो रकम लिएर फरार भएको र विभागमा परेको निवेदनको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा सोमबार काठमाडौँ महानगरपालिका वडां.३१ शंखमुलबाट पक्राउ गरेको थियो । उनले चलाएको ट्रेनिङ सेन्टरमा अनुसन्धान गर्ने क्रममा ९ सय ९७ राहधानी समेत प्रहरीले बरामद गरेको छ ।




