विश्व

बढी मूल्यमा ग्यास बिक्री गरेको जानकारी दिन आग्रह

काठमाडौँ । नेपाल आयल निगमले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइए जानकारी गराउन नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

संघका अध्यक्ष शिव घिमिरेले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी बढी मूल्य लिई ग्यास बिक्री गर्नु गैर कानुनी कार्य भएको बताउँदै यस्तो कार्य भएको भए नियमानुसार कारबाही हुने जनाएका छन् ।

निगमद्वारा सबै क्षेत्रका लागि कायम गरिएको ग्यासको उपभोक्ता मूल्य प्रति सिलिन्डर १४.२ किलोको १८ सय ९५ मात्र तिरेर ग्यास खरिद गर्न र अनिवार्य बिल लिन आग्रह गर्दै घिमिरेले विज्ञप्ति प्रकाशित गरेका हुन् ।

बजारको माग अनुरूप ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउँदै आइरहेको संघले जनाएको छ। उपभोक्ता मूल्य अनुसार विक्री नभई बढी मूल्य लिई ग्यास विक्री वितरण भइरहेको गुनासो आए पछि संघले सचेत गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *