राजनीति

एमालेको यात्रामा अवरोध गर्न खोज्ने ८ पहिचानवादी पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट ८ जना पहिचानवादीलाई पक्राउ गरेको छ ।

नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै खोटाङ, ओखलढंगा लगायतका जिल्लाबाट ८ जनालाई प्रकाउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

पक्राउ पर्नेहरुमा प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिमा आबद्ध रहेका राजेश राई, गन्धमान राई र विजय राई लगायत छन् । मध्यपहाडी पुष्पलाल लोकमार्गको पश्चिमी सीमावर्ती विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा आज मंगलबारबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *