खेलकुद

युक्रेनी क्लब शख्तरसँग हार्यो बार्सिलोना

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना युक्रेनी क्लब शख्तर डोनेटस्कसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा शख्तर डोनेटस्कले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

शख्तरको जितमा खेलको ४०औं मिनेटमा डानिलो सिकानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो च्याम्पियन्स लिगको यस सिजनमा शख्तरको दोस्रो जित हो । यो जितपछि ४ खेलमा ६ अंकसहित शख्तर समुह एचमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने यस सिजनमा यो पहिलो हार हो । ४ खेलमा ९ अंक रहेको बार्सिलोना समुहमा शिर्ष स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *