खेलकुद

टी-२० विश्वकप छनौटमा ओमानको लगातार दोस्रो जित

काठमाडौँ । टी-२० विश्वकप छनौटमा ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । एशिया छनौट अन्तर्गत काठमाडौँमा जारी खेलमा ओमानले मंगलबार सिंगापुरलाई २२ रनले पराजति गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

ओमानले दिएको १७५ रनको लक्ष्य पछाएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन बनाएको थियो । यसअघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १७४ रन बनाएको थियो ।

ओमानले यसअघि सोमबार पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो । यो जितपछि समुह ए मा ओमानको २ खेलमा ४ अंक भएको छ र सेमिफाइनलको नजिक पुगेको छ । समुह ए मा नेपालको एक खेलमा २ अंक रहेको छ र आज नेपालले मलेसियासँग खेल्दै छ । त्यस्तै सिंगापुरले भने लगातार दोस्रो हार बेहोरेर सेमिफाइनलको दौडबाट लगभग बाहिरिएको छ ।

अब सिंगापुरले समुह चरणको अन्तिम खेलमा विहिबार मलेसियाको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *