खेलकुद

जितपछि युभेन्टस सिरी ए को शिर्ष स्थानमा

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले भेरोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले भेरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको ९६औं मिनेटमा आन्द्रे काम्बिआसोले खेलको एक मात्र निर्णायक गोल गरेका थिए ।

यो जितपछि युभेन्टस सिरी ए मा शिर्ष स्थानमा उक्लिएको छ । १० खेलमा २३ अंक रहेको युभेन्टस एक खेल कम खेलेको इन्टर मिलानभन्दा एक अंकले अगाडी रहेको छ ।

त्यसैगरी भेरोनाको १० खेलमा ८ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *