काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज भारत र ईङल्याण्डबीच खेल हुदै छ । अटल बिहारी बाजपेई स्टेडियम लखनउमा यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।
जारी क्रिकेट विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलेका पाँचै खेल जितेर भारत अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी डिफेन्डिङ च्याम्पियन ईङल्याण्डको भने यस विश्वकपमा अहिलेसम्मको प्रदर्शन खराब रहेको छ । ईङल्याण्डले अहिलेसम्म खेलेका ५ मध्ये ४ खेलमा हार बेहोरेको छ ।
चार हारपछि ईङल्याण्डको सेमिफाइनलको यात्रा लगभग समाप्त भएको छ भने त्यसैगरी भारतले यो खेल जितेमा भने सेमिफाइनल छनौटको नजिक हुने छ ।
भारत र ईङल्याण्डबीच अहिलेसम्म १०६ एकदिवसीय खेल भएका छन् । जसमा भारतले ५७ खेल जितेको छ भने ईङल्याण्डले ४४ खेल जितेको छ । त्यस्तै ३ खेलको नतिजा आएको छैन भने २ खेल बराबरीमा सकिएका छन् ।
भारतका लागि अलराउण्डर हार्दिक पाण्डेय यस खेलमा पनि उपलब्ध हुने छैनन् । त्यस्तै भारतले मोहमद शामी र सूर्यकुमार यादवलाई यस खेलमा पनि खेलाउने सम्भावना रहेको छ ।
भारतको सम्भावित प्लेइङ ११- रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सुर्यकुमार यादव, रविन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।
इङल्याण्डको सम्भावित प्लेइङ ११- जोस बटलर (कप्तान), जोनी बैरस्ट्रव, डविड मलान, जो रुट, ह्यारी ब्रुक, बेन स्टोक, लियाम लिभिङस्टोन, क्रिस वोक्स, साम कुरान, अदिल राशिद र मार्क वूड ।




