खेलकुद

बेलिङघमले दुई गोल गर्दै रियल म्याड्रिडलाई एल क्लासिको जिताए

काठमाडौँ । रियल म्याड्रिडले एल क्लासिको जितेको छ । शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले ला लिगा अन्तर्गतको एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा जुडे बेलिङघमले दुवै गोल गरेका हुन् । उनले खेलको ६८ र ९२औं मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई जिताएका हुन् ।

यसअघि खेलको छैटौं मिनेटमा इके गुनडोगानले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

यो जितपछि रियल म्याड्रिडको ११ खेलमा २८ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी बार्सिलोनाको भने यो यस सिजनको तेस्रो हार हो । यो हारपछि बार्सिलोनाको ११ खेलमा २४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *