काठमाडौँ । जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले डरमस्टाडविरुद्ध फराकिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा बायर्न म्युनिखले डरमस्टाडलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए भने लिरोय साने र जमल मुसीआलाले २-२ गोल गरेका थिए । त्यसैगरी थोमस मुलरले एक गोल गरेका थिए ।
यस खेलमा बायर्नका एक र डरमस्टाडका दुई खेलाडीले रातो कार्ड पाएका थिए । बायर्नका जोशुआ किम्मिचले खेलको चौथो मिनेटमा नै रातो कार्ड पाएका थिए भने डरमस्टाडका क्लाउस जासुलाले खेलको २१औ र माटेज माग्लिकाले खेलको ४१औं मिनेटमा रातो कार्ड पाएका थिए ।
यो जितपछि बायर्न म्युनिखको ९ खेलमा २३ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी डरमस्टाडको भने ९ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।




