खेलकुद

रोनाल्डोको शानदार प्रदर्शनमा अल नासर विजयी

काठमाडौँ । एशियन च्याम्पियन्स लिग अन्तर्गत अल नासरले कतारी क्लब अल दुहैललाई पराजित गरेको छ । गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा अल नासरले क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा अल दुहैललाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा रोनाल्डोले यस खेलमा एक असिस्ट र २ गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि टालिस्का र साडियो मानेले एक एक गोल गरेका थिए ।

त्यस्तै अल दुहैलका लागि इस्माइल मोहमद, अल्मोएज अलि र् मिचेल ओलुन्गाले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरले एशियन च्याम्पियन्स लिगमा लगातार तिन जित हासिल गरेको छ । यो जितपछि समुहमा ३ खेलमा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी अल दुहैलको भने ३ खेलमा एक अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *