काठमाडौँ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले कोपेनगहनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले कोपेनहेगनलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७२औं मिनेटमा ह्यारी माग्युरेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
समुह ए मा रहेको म्यानचेस्टर युनाइटेडको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो । यसअघि युनाइटेडले लगातार दुई खेलमा हार बेहोरेको थियो । यो जितपछि ३ खेलमा म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अंक भएको छ र समुह ए मा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी कोपनहेगनको ३ खेलमा एक अंक रहेको छ ।




