काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा खेलको ६३औं मिनेटमा एम लोकाटेलीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि युभेन्टसको ९ खेलमा २० अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी मिलानको ९ खेलमा २१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।




