काठमाडौँ । जारी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुदै छ । चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदैछ ।
जारी क्रिकेट विश्वकपमा पाकिस्तानले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अफगानिस्तानले खेलेका ४ खेलमा एक जित र ३ खेलमा हार बेहोरेको छ ।
पाकिस्तानले नेदरल्याण्डस र श्रीलंकालाई पराजित गरेको थियो भने भारत र अस्ट्रेलियासँग पराजित भएको थियो ।
त्यसैगरी अफगानिस्तान भने बंगलादेश, भारत र् न्यूजील्याण्डसँग पराजित भएको थियो भने ईङल्याण्डमाथि जित हासिल गरेको थियो ।
पाकिस्तान र अफगानिस्तानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन् । जुन सबै पाकिस्तानले जितेको छ ।
यस खेलमा अफगानिस्तानको स्पिन अट्याक भर्सेज पाकिस्तानी ब्याटिंग हुने देखिएको छ । क्रिकेट विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको पाकिस्तानलाई अफगानिस्तानले चुनौती दिन सक्ने देखिएको छ ।
पाकिस्तानको सम्भावित प्लेइङ ११- बाबर आजम (कप्तान), उसमा मिर, अब्दुल्ला शफिक, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर) र शाहीन शाह अफ्रिदी ।
अफगानिस्तानको सम्भावित प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी, र नवीन उल हक ।




